site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना : १८ जनाको मृत्यु
SkywellSkywell

नयाँदिल्ली । भारतको उत्तर प्रदेशको उन्नाव नजिकै सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । 

एक स्लीपर बस आगरा–लखनउ एक्सप्रेसवेमा गुड्दै गर्दा दूधको ट्यांकरसँग ठक्कर खाएको थियो । सो दुर्घटना बसले ट्यांकरलाई ओभरटेक गर्ने क्रममा भएको थियो ।

Dabur Nepal
NIC Asia

ठक्करपछि बस पल्टिएको थियो । पीटीआईका अनुसार सो बस बिहारको सीतामढीबाट मोतिहारी हुँदै नयाँदिल्ली गइरहेको थियो ।

सो घटनामा मृत्यु हुनेमा १४ पुरुष, दुई महिला र दुई बालबालिका भएको जनाइएको छ । केन्द्र सरकारले मृतकका प्रतिपरिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu