site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गौतम गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त
Tiktok banner adTiktok banner ad

काठमाडौं । गौतम गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का सचिव जय शाहले मंगलबार एक्समार्फत गौतम मुख्य प्रशिक्षक बनेको जानकारी गराएका हुन् ।

४२ वर्षी गौतम राहुल द्रविडको स्थानमा आएका हुन् । टी–२० विश्वकपपछि द्रविडको कार्यकाल सकिएको थियो । गौतमको कार्यकाल जुलाई २०२७ सम्म रहने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनकै मेन्टरसिपमा डेढ महिनाअघि कोलकाता नाइट राइडर्सले आईपीएल–२०२४ को उपाधि जितेको थियो ।

गौतमसँग अन्तर्राष्ट्रिय वा घरेलुस्तरमा कोचिङको अनुभव छैन । उनी आईपीएलका दुई फ्रेन्चाइजीमा कोचिङ स्टाफको जिम्मेवारीमा थिए । उनी आईपीएलमा २०२२ र २०२३ मा लखनऊ सुपर जायन्ट्सका मेन्टर थिए । उनी २०२४ को सिजनमा केकेआरमा आबद्ध भए ।

भारतले सन् २००७ मा टी–२० विश्व कप र सन् २०११ मा एकदिवसीय विश्वकपको उपाधि जित्दा गौतम पनि टिममा थिए । २०११ देखि २०१७ सम्म उनले केकेआरको कप्तानी गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  २१:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro