site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा भागदौडमा १२१ जनाको मृत्यु भएको कार्यक्रमका मुख्य आयोजक पक्राउ
SkywellSkywell

उत्तर प्रदेश । भारतको उत्तर प्रदेशमा १२१ जनाको मृत्यु हुने गरी भागदौड मच्चिएको गत हप्ताको धार्मिक सत्संग कार्यक्रमका प्रमुख आयोजकलाई प्रहरीले पक्राउ गरेको छ । 

गएको शुक्रबार राति देवप्रकाश मधुकर नामका ती व्यक्तिलाई प्रहरीले नयाँ दिल्लीको नाजफगढमा पक्राउ गरेर उत्तर प्रदेश प्रहरीलाई हस्तान्तरण गरेको छ । गएको बिहीबार पनि प्रहरीले कार्यक्रम आयोजकमध्येकै ६ जनालाई पक्राउ गरेको थियो ।

KFC Island Ad
NIC Asia

तर, सो कार्यक्रममा वाचक मानिएका व्यक्ति कथित भोले बाबाको बारेमा भने केही पनि जनाइएको छैन । भागदौड मच्चिदा मानिसहरुको मृत्यु भएको जनाइएको थियो । जसमा अधिकांश महिला र केटाकेटी थिए । 

उनका वकिल एपी सिंहले भने केही असामाजिक तत्वका कारण सो घटना भएको जनाउँदै भोले बाबामाथि आपराधिक षड्यन्त्र भएको आरोप लगाएका छन् ।

मुख्य आयोजकलाई स्थानीय प्रशासनले ८० हजारसम्म मानिस उपस्थित गराउन अनुमति दिएकोमा कार्यक्रममा सो संख्या बढेर दुई लाख ५० हजारसम्म पुगेको जनाइएको छ । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro