site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रभु साहको आरोप– सरकार आफैँ हुन्डी कारोबारमा संलग्न छ
फाइल तस्बिर ।

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुन्डी कारोबारमा संलग्न रहेको आरोप लगाएका छन् । कालोधनलाई सेता बनाउन सरकारका मन्त्रीहरू नै कानुनले प्रतिबन्ध लगाएको हुन्डी कारोबारमा संलग्न रहेको उनको जिकिर थियो । 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष साहले सरकारका मन्त्री, उच्च ओहोदाका कर्मचारी र ठूल्ठूला व्यापारिक घरानाले मिलेर हुन्डी कारोबारको सञ्जाल नै बनाएको उल्लेख गरे । त्यसले मुलुकलाई आर्थिक रूपमा झनै बर्बाद बनाउने बताए । हुन्डी कारोबारकै कारण राजस्व छली हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराए ।

Dabur Nepal
NIC Asia

"हुन्डी कारोबारको बारेमा सरकारको दृष्टिकोण के छ, हामी जान्न चाहन्छौँ । आज हुन्डी कारोबारले गर्दा देश खोक्रो भइसक्यो । अर्थतन्त्र तहसनहस छ । भ्रष्टाचार दिन दहाडै बढ्दो छ । कालो धनलाई सेतो बनाउने सहज भएपछि भ्रष्टाचार रोक्ने होइन, आकर्षित भइरहेको छ । अपराधका घटनाहरू हुन्डी कारोबारका कारण बढ्दो छ । हुन्डी कारोबारका कारण कालो धन सफेद हुने अवस्था छ । सरकार आफैँ हुन्डी कारोबारमा संलग्न छ," उनले भने ।

अध्यक्ष साहले बैंकहरू समेत हुन्डी कारोबारमा संलग्न देखिएको भन्दै आपत्ति जनाए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro