site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई वृद्धले कुनै व्यापारीको कोठामा गरेको सहमतिलाई देशले स्वीकार्नुपर्छ भन्ने छैन : मनिष झा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले संविधान संशोधनको विषयमा सार्वजनिकरूपमा बहस गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद झाले संविधान संशोधनका बुँदाहरूबारे सार्वजनिकरूपमा बहस गर्नुपर्ने बताएका हुन् ।

उनले दुई पार्टीका दुई वृद्ध नेताले व्यापारीको घरमा बसेर गरेको सहमति देशले स्वीर्कानुपर्ने बाध्यता नरहेको बताए ।

"संविधान संशोधनमा के–के बुँदा छ भनेर उहाँहरूले सार्वजनिक गर्नुपर्‍यो । सार्वजनिक गरेपछि त्यसलाई सार्वजनिकरूपमा बहस पनि गर्नुपर्‍यो । दुईवटा पार्टी र दुईवटा वृद्ध कुनै व्यापारीको कोठामा बसेर गरेको सहमतिलाई देशले स्वीकार्नुपर्छ भन्ने छैन नि । सार्वजनिकरूपमा बहस हुनुपर्‍यो," उनले भने ।

उनले संविधान संशोधनले आगामी पुस्ताको जीवनमा समेत प्रभाव पार्ने भएकाले यस विषयमा सर्वपक्षीय बहस हुनुपर्ने बताए ।

"कुनै एउटा प्रायोजित व्यापारीको लाजिम्पाटको घरमा मध्यरातमा दुईवटा वृद्ध गएर हस्ताक्षर गरे भनेपछि सबैले मानिदिनुपर्छ भन्ने हुँदैन । सार्वजनिकरूपमा सर्वपक्षीय बहस हुनुपर्छ त्यसको," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro