राजनीति
काठमाडौं । ‘लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रतिनिधिसभामा टेबल गरिएको छ । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले आइतबारको दोस्रो बैठकमा सन्देश टेबल गरेका हुन् ।
उक्त सन्देश टेबल गर्न मात्र दोस्रो बैठक राखिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक सोमबार (भोलि) बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।
प्रकाशित मिति: आइतबार, असार २३, २०८१ १५:४७
प्रतिक्रिया दिनुहोस्