काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रदेशका इन्चार्ज र सचिवहरूलाई केन्द्रीय समिति सदस्यको ड्राफ्ट तयार गर्न जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।
आइतबारको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पर्टीका नेता जगन्नाथ खतिवडाले यस्तो बताएका हुन् । बैठकले यसअघि कायम प्रदेश इन्चार्जहरूलाई सोही स्थानमा रहेर काम गर्न दिने निर्णय भएको उल्लेख गरे ।
जिम्मेवारीअन्तर्गत केही दिनभित्र प्राप्त ड्राफ्टलाई केन्द्रीय कमिटीले निर्णय गरेर सदस्य पूरा गर्ने बताए । बढीमा १० दिनभित्रमा केन्द्रीय कमिटी सदस्यको टुंगो लगाउने स्पष्ट पारे ।
"यो जिम्मेवारीअन्तर्गत केही दिनभित्र उहाँहरूले आफ्नो काम सम्पन्न गर्नुहुनेछ । केन्द्रसँग परामर्श गर्नुहुनेछ । अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई नै हुनेछ । बढीमा १० दिनभित्रमा हामी यो काम सम्पन्न गरी कमिटीलाई पूर्णता प्रदान गर्नेछौँ," उनले भने ।
पार्टीले जनतालाई सर्वसम्मत नेतृत्व चयन गरेको सन्देश दिने बताए ।