site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कसैले चाहँदैमा राजीनामा आउँदैन, अनैतिक र भ्रष्टहरूले नैतिकता सिकाउनु पर्दैन : सांसद दाहाल
फाइल तस्बिर ।

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)का एक सांसदले कसैले चाहँदैमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा माओवादी सांसद लेखनाथ दाहालले संविधानानुसार प्रधानमन्त्री अघि बढ्ने स्पष्ट पारे । सरकारलाई दिएको समर्थन फिर्तापछि एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक अधिकार भएको उनले उल्लेख गरे ।

“सरकारलाई समर्थन दिइसकेको राजनीतिक दलले विशवासको मत छैन भनेर फिर्ता लिइसकेपछि सरकारले महिना दिनभित्र विशवासको मत लिने संवैधानिक प्रावधान छ । (असार) २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ,” उनले भने, “संवैधानिक प्रावधानानुसार विश्वासको मत लिन खोज्नु अनैतिक हुनु हो ? कसैले चाहँदैमा राजीनामा आउँदैन ।”

उनले संवैधानिक व्यवस्थाअनुसार अघि बढ्ने भन्दै ‘अनैतिक र भ्रष्टहरू’ले नैतिकताको पाठ सिकाउन जरुरी नभएको बताए ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro