site stats
बाह्रखरी :: Baahrakhari
देश
एकैदिन नौजना मृतावस्थामा फेला 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । देशका विभिन्न स्थानमा एकैदिन नौजनाको शव फेला परेको छ । बागलुङ, पाल्पा, सुनसरी, झापा, डोटी, तनहुँ, स्याङ्जा र ललितपुरमा ती शव भेटिएको प्रहरीले जनाएको छ ।

बागलुङको गल्कोट नगरपालिका–३, बोहोरा फाँटका ५४ वर्षीय धनबहादुर बोहोरा शनिबार मृतावस्थामा भेटिएका हुन् । गल्कोट–३, छहरे खोलामा उनको शव भेटिएको थियो ।

पाल्पाको तानसेन नगरपालिका–५, चिसापानीका ४२ वर्षीय शेरबहादुर विक सोही ठाउँस्थित खोला किनारमा शनिबार मृतावस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ का ५८ वर्षीय चन्द्रकुमार चौधरी सोही ठाउँस्थित आफ्नै खेतमा शनिबार मृतावस्थामा फेला परेका छन् ।

यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–१, बराहक्षेत्र मन्दिरस्थित कोसी नदीको भँगालोमा हाल परिचय नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृतावस्थामा फेला परेकी छन् ।

झापाको बिर्तामोड नगरपालिका–१०, इलामेली टोलका ३५ वर्षीय सुनील मुर्मु पनि शनिबार मृतावस्थामा फेला परेका छन् । उनी सोही ठाउँस्थित पैनीमा मृतावस्थामा फेला परेका हुन् ।

डोटीको दिपायल सिलगढी नगरपालिका–७, पाकरीका ४८ वर्षीया चन्द्रा विष्ट सोही ठाउँस्थित खोलासैन सामुदायिक वनमा शनिबार मृतावस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

तनहुँको व्यास नगरपालिका–१३, बेलबास छाब्दी दोभानस्थित सेतीखोलाको किनारमा हाल परिचय नखुलेका पुरुष शनिबार मृतावस्थामा फेला परेका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका–१०, गाहाखोलास्थित आँधीखोला किनारमा हाल परिचय नखुलेकी अन्दाजी ५५ वर्षीया महिला शनिबार मृतावस्थामा फेला परेकी प्रहरीले जानकारी दिएको छ ।

ललितपुर महानगरपालिका–११, इखाचेमा हाल परिचय नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृतावस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्