site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले संसद्‌बाटै माग्यो प्रधानमन्त्रीको राजीनामा 
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिन संसद्‌बाटै माग गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए । 

एमाले र कांग्रेस राष्ट्रिय सहमतिको सरकार बनाउन सहमत भएको भन्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेका हुन् । “वर्तमान सरकारले बहुमत गुमाएको छ । बहुमत गुमाएको सरकार पदमा रहिरहन अनुचित हुन्छ । नेपाली कांग्रेस र नेकपा (एमाले) बीचमा नयाँ राष्ट्रिय सरकार बनाउने सहमति भएको छ । यो अभियानलाई सहयोग गर्न मार्ग प्रशस्तका लागि प्रधानमन्त्रीलाई आग्रह गर्छु,” उनले भने । 

KFC Island Ad
NIC Asia

एमालेका सांसद सूर्यप्रसाद ढकालले पनि सरकार अल्पमतमा परेको भन्दै मार्ग प्रशस्त गर्न अनुरोध गरे । “सरकार अल्पमतमा परेको हुनाले छिटोभन्दा छिटो राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गर्न चाहन्छु,” उनले भने । 

एमालेका सांसद रघुजी पन्तले अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिएर बाटो फुकाउनुपर्ने बताए । अल्पमतमा परेपछि ७६ (२) मा जान्छ कि ७६ (३) मा जान्छ, त्यो राष्ट्रपतिको चिन्ताको विषय हो । उहाँको काम भनेको बहुमत नभएपछि तत्काल राजीनामा दिएर बाटो फुकाउने हो,” उनले भने । 

बिहान बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई तत्काल राजीनामा दिन आग्रह गरेको थियो । उसले सरकार अल्पमतमा रहेकाले कुनै पनि निर्णय नगर्न ध्यानाकर्षण गराएको छ । एमाले र नेपाली कांग्रेसबीच सत्ता साझेदारीको सहमति भएसँगै एमालेले मन्त्री फिर्ता गरी सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । प्रधानमन्त्रीले असार २८ गते सदनमा विश्वासको मत लिने तयारी गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro