site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बाइडेनको अडान कायमै, भने– भगवानले भने मात्रै उमेदवारी छोड्छु

वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले भगवानले मात्र आफूलाई दोस्रोपटक राष्ट्रपति पदका लागि आफ्नो उमेदवारी रोक्नका लागि मनाउन सक्ने बताएका छन् । उनकी पत्नीले उनलाई मनाउन सक्ने बारेमा चर्चा भइरहेको बेलामा बाइडेनले शुक्रबार एक टेलिभिजन अन्तर्वार्तामा पछिल्लो धारणा राखेका हुन् ।

बाइडेनले आफ्नो उमेदवारीको सम्बन्धमा डेमोक्रेटिक पार्टीका तर्फबाट व्यक्त गरिएको चिन्ता अन्तर्वार्ताका क्रममा शान्त पार्ने प्रयास गरेका थिए । यद्यपि, उनको अन्तर्वार्तापछि पनि डेमोक्रेटिक नेता तथा कार्यकर्ताले बेलैमा बाइडेनले छोडे अब आउने उमेदवारलाई सजिलो हुने बताएका छन् ।

Dabur Nepal
NIC Asia

दोस्रो कार्यकालमा पनि डोनाल्ड ट्रम्पले जिते अमेरिकाका लागि राम्रो नहुने उनीहरूको तर्क रहेको छ । पार्टीको तर्फबाट बाइडेनको विकल्पका रूपमा अहिले धेरैले उपराष्ट्रपति कमला ह्यारिसको पक्षमा समर्थन देखाइरहेका छन् ।तर, बाइडेनले उमेदवारका रूपमा आफू भन्दा अरु कोही उपयुक्त हुने र जित्ने आफूलाई नलागेको बताएका छन् ।

बाइडेनले अन्तर्वार्ताका क्रममा कग्निनिटिभ टेस्ट (संज्ञानात्मक परीक्षण) दिने र यसको नतिजा सार्वजनिक गर्ने कुरा अस्वीकार गरेका थिए । बाइडेनमाथि अर्को कार्यकाल काम गर्न उपयुक्त भएको पुष्टि गर्न समेत माग भइरहेको छ ।

एबीसीको अन्तर्वार्तामा पत्रकार जर्ज स्टीफनोपालसले जब टेस्टको बारेमा सोधेका थिए, बाइडेनको जवाफ थियो, “म हरेक दिन कग्निटिभ टेस्ट दिइरहेको छु । हरेक चिज जुन म गरिरहेको छु, त्यो टेस्ट हो ।”

८१ वर्षीय बाइडेनलाई डेमोक्रेटिक पार्टीका नेता कार्यकर्ता मात्र होइन पार्टीका डोनर्सले समेत राष्ट्रपति पदको उमेदवारी छोड्नुपर्ने बताउँदै आएका छन् । बीबीसी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro