बाह्रखरी फोटो

काठमाडौं । काठमाडौं र भक्तपुरको सीमा भई बहने मनोहरा खोलामा शनिबार बाढी आयो । अविरल वर्षापछि देशका अरू नदीखोलाजस्तै मनोहरामा पनि पानीको सतह बढेको हो ।
खोलानजिकका केही स्थानमा मनोहराको बाढी पस्दा बस्ती डुबान समेत भएको छ । शनिबार साँझपख वर्षा रोकियो ।
वर्षा रोकिएपछि उर्लिएको मनोहरा खोला हेर्ने मानिसको भीड देखियो । काठमाडौंको पेप्सीकोला क्षेत्रमा स्थानीय खोलाको बाढी हेर्न जम्मा भएका थिए ।
थप तस्बिर हेर्नोस्–
तस्बिरहरू : कमल क्षेत्रीबाह्रखरी ।
प्रकाशित मिति: शनिबार, असार २२, २०८१ १८:४६
प्रतिक्रिया दिनुहोस्