site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जीबी राईसहित फरार भएकाहरूलाई नेपाल ल्याउन सरकारले ध्यान नदिएको छानबिन समितिको निष्कर्ष

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिका संयोजक सूर्य थापाले जीबी राईसहित सहकारी ठगीमा मुछिएर फरार भएकाहरूलाई सरकारले नेपाल ल्याउन ध्यान दिन नसकेको निष्कर्षमा आफूहरू पुगेको बताएका छन् ।

उनले सुप्रिम सहकारीबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ९९ लाख रकम प्रवाह भएको पनि जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शुक्रबार समितिले सहकारीको बचत अपचलनबारे गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँर, सीआईबी प्रमुख श्याम ज्ञवाली, अपराध अनुसन्धान विभागका प्रमुख टेकबहादुर तामाङसहितसँग छलफल गरेको थियो ।

उनीहरूसँगको छलफलपछि थापाले सुप्रिम सहकारीबाट जीबी राई संलग्न अन्य १० कम्पनीमा ५२ करोड रकम प्रवाह भएको जानकारी सरकारी संयन्त्रले दिएको बताए । 

संयोजक थापाले समितिको टीओआरबमोजिम अनुसूची २ मा रहेको ९ वटा सहकारीबारे जानकारी लिएको बताए । साथै, सहकारी प्रकरणमा जोडिएका जीबी राई, भरत महर्जन, कुमार रम्तेल, देवकुमार नेपाली, सुवास केसी र रोशनी गुरुङसहितका व्यक्तिहरूबारे पनि जानकारी लिने काम भएको उनको भनाइ छ ।

गृह प्रशासनले बचतकर्ताको बचत फिर्ता गर्न अहिलेकै प्रक्रियाबाट सम्भव नदेखिएको जानकारी आफूहरूलाई गराएको पनि उनले बताए ।

उनले आगामी बैठकमा राष्ट्र बैंक र बैंकिङ क्षेत्रसँग छलफल गरिने जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्