site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राडुकानु तीन वर्षपछि ग्रान्डस्लामको तेस्रो चरणमा 

काठमाडौ । ब्रिटिस युवा टेनिस स्टार इम्मा राडुकानु विम्बल्डनको तेस्रो चरणमा प्रवेश गरेकी छन् । उनले वाइल्ड कार्डबाट प्रतियोगितामा सहभागिताको अवसर पाएकी थिइन् ।

राडुकानुले बेल्जियमकी एलिसे मार्टेन्सविरुद्ध सोझो सेटमा जित निकाल्दै तेस्रो चरणमा स्थान बनाएकी हुन् । उनी मार्टेन्सविरुद्ध ६–१ र ६–२ को सेटमा विजयी भइन् । सन् २०२१ मा यूएस ओपन जितेयता राडुकानु पहिलोपटक ग्रान्डस्लामको तेस्रो चरणमा प्रवेश गरेकी हुन् ।

विश्व वरीयताको १३५औँ स्थानमा रहेकी राडुकानुले अब चौथो चरणमा प्रवेशका निम्ति ग्रीसकी मारिया साकारियाविरुद्ध खेल्नेछिन् । नवौँ वरीयताकी साकारियाले दोस्रो चरणमा नेदरल्यान्ड्सकी अरान्सा रसविरुद्ध ७–५ र ६–३ को सोझो सेटमा जित निकालेकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro