site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठूला दल मिल्दा मुलुक एकतन्त्रीय शासनमा जानसक्छ : डा. शशांक कोइराला
Tiktok banner adTiktok banner ad

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले सरकार गठनकै लागि दुई ठूला दल एकापसमा मिल्दा मुलुक एकतन्त्रीय शासनतर्फ जानसक्ने खतरा बढ्ने बताएका छन् । नेपाल प्रेस युनियन सुनसरीले बुधबार इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले यस्तो बताएका हुन् । 

“लोकतन्त्रको सुन्दर पक्ष भनेको बलियो विपक्षी हो । तर, दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्नसक्छ,” उनले भने । सत्तापक्षको कमजोरीमा प्रश्न उठाउन नसक्ने विपक्षी भए कसरी लोकतन्त्र बलियो हुन्छ भन्दै कोइरालाले प्रतिप्रश्न गरे । 

कांग्रेसकै कारण कम्युनिष्ट स्थापित भएको दाबी गर्दै कोइरालाले नेपालमा कम्युनिस्टसँग मिल्नु हुन्न भन्ने पक्षमा आफ्नो मान्यता रहेको सुनाए । “चुनाव हार्नासाथ उनीहरूसँग मिल्नुपर्ने केही कारण छैन,” उनको भनाइ छ । संघीयता कार्यान्वयनमा देखिएको समस्या समाधान गर्न विकेन्द्रीकरणलाई पूर्ण रूपमा लागु गर्नुपर्ने कोइरालाको सुझाव थियो । 

राजनीतिक दलहरूले समेत आन्तरिक रूपमा विकेन्द्रीकरण अनुशरण गर्दै कार्यान्वयनमा जानुपर्ने कोइरालाले बताए । भने, “पार्टीको आन्तरिक लोकतन्त्र विकेन्द्रीकरणबाटै थप सुदृढ हुन्छ ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro