site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
आमिरले किन छोरालाई उनको सिनेमा राम्रो छ भने ? यस्तो छ कारण 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । बलिउड सुपरस्टार आमिर खानका छोरा जुनैद खानलाई डेब्यू सिनेमाबाटै झड्का लागेको धेरैले महसुस गरेका थिए, जतिबेला अदालतले यो सिनेमालाई प्रदर्शनमा अस्थायीरूपमा रोक लगाइदियो । 

जुनैदको अभिनय रहेको चलचित्र ‘महाराज’लाई गुजरात हाई कोर्टले प्रतिबन्ध लगाएपछि पहिलो सिनेमाबाटै उनले झड्का बेहोर्नुपरेको हो । 

जुनबेला जुनैदले फ्यानहरूबाट बधाई पाइहेका थिए, त्यहीबेला अदालतले प्रदर्शनमा अस्थायीरूपमा रोक लगाएको समाचार आएका थिए । त्यसपछि यो फैसलाले उनको करिअरलाई असर गर्छ कि गर्दैन भनेर बहस सुरु भयो । बहसमा धैरेले सहभागिता जनाए, खासगरी सामाजिक सञ्जालमा । 

Agni Group
NIC Asia

तर, जब गुजरात हाई कोर्टले 'क्लिन चिट' दियो, सिनेमा नेटफ्लिक्समा रिलिज भयो । जुनैदको करिअर के होला भनेर अनेक अड्कलबाजी भइरहेका बेला उनको अभिनयको तारिफ सुरु भयो । गाली तारिफमा परिणत भयो ।  

रिलिजअघि धेरैले कठिनाइको सामना गर्नुपरे पनि प्रदर्शनपछि दर्शकको माया पाइरहेको छ ।  

Global Ime bank

1-(9)-1719921794.JPG
 

किन भयो विरोध ?

‘महाराज’ले धार्मिक आस्थामाथि ठेस पुर्‍याएको भन्दै भगवान् कृष्ण र वल्लभाचार्यका भक्तहरूले यसबारे निवेदन दिएका थिए । हिन्दु संगठनको आपत्तिपछि फिल्मलाई अस्थायीरूपमा प्रतिबन्ध लगाइएको थियो ।

सिनेमा १८६२ को लिबेल महाराज प्रकरणमा आधारित रहेको रिटमा उल्लेख थियो । सिनेमाले हिन्दु धर्ममा पनि चोट पुर्‍याएको दाबी रिटमा गरिएको थियो । यो सिनेमाले भारतको एक महत्त्वपूर्ण कानुनी मुद्दाको कथा उठान गरेको छ ।

‘बोइकट नेटफ्लिक्स’, ‘ब्यान्ड महाराज फिल्म’, ‘आमिर खान’लगायत ह्यासट्यागसमेत एक्समा चले । हिन्दु अभियानकर्ताहरूले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त गरेका थिए । सिनेमामा हिन्दु धर्मलाई लिएर नकारात्मक दृश्य रहेको उनीहरूको आरोप थियो । 

निर्देशकको दुःख

विभिन्न व्यक्तिले आमिर खानले सनातन धर्मविरुद्ध आफ्नो छोरालाई प्रयोग गरेको आरोप लगाएका थिए । सिद्धार्थ पी मल्होत्राको निर्देशन रहेको सिनेमा १८७२ को महाराज लिबेल ‘केस’ (मुद्दा) बाट प्रेरित भएर बनाइएको छ ।

यसअघि २०२२ मा आमिर खानको ‘लाल सिंह चड्डा’समेत यस्तै खालको विवादमा तानिएको थियो । सन् २०१५ मा आमिर खानले हिन्दु धर्मबारे नकारात्मक टिप्पणी गरेपछि उनका सिनेमा बहिष्कार गर्न धेरैले दबाब दिएका थिए ।

त्यसैले सिद्धार्थ पी मल्होत्राले एक साक्षात्कारमा सिनेमा रिलिज नहुँदासम्म आफू हरेक पल रोएर बिताएको बताएका थिए । कुनै पनि धर्ममा ठेस पुर्‍याउने नियत नराखे पनि आरोप आएपछि आफू सिनेमाको अक्षर–अक्षर सम्झिएर रोएको उनले सञ्चारमाध्यमसँग बताएका थिए । आमा, बुवा र आफन्त घरमै आएर केही हुँदैन भनेर आफूलाई सम्झाएको उनले स्मरण गरेका थिए । 

समीक्षा र अभिनय

एनडीटीभी इन्डियाले सिनेमाको समीक्षा गर्दै ३.५ स्टार दिएको थियो । 

‘आमिर खानलाई मिस्टर परफेक्सनिस्ट भनिन्छ । यस्तो अवस्थामा उनका छोरा जुनैदबाट अभिनयमा धेरै अपेक्षा थियो । पहिलो नजरमा जुनैद खान अभिनयको परीक्षा पास गर्छन्,’ समीक्षामा जुनैदको अभिनयलाई लिएर एनडीटीभीले लेखेको छ, ‘उनले आफ्नो अभिव्यक्तिमा राम्रो काम गरेका छन् र चरित्रको गहिराइमा गएका छन् ।’ 

तर, उनको संवादमा रंगमञ्चको प्रभाव हाबी भएको समीक्षामा उल्लेख छ । उनले अलिकति रंगमञ्चको दुनियाँबाट बाहिर आएर सिनेमाको आत्मालाई समात्नुपर्ने देखिएको टिप्पणी गरिएको छ । उनी रंगमञ्चबाट आएका कलाकार हुन् । 

आमिरको प्रतिक्रिया

आमिर खानले जुनैदलाई राम्रो काम गरेको प्रतिक्रिया दिएको बताइएको छ । जुनैद अमिरको जेठो सन्तान हुन् । दर्शकले जुनैदको अभिनयको प्रशंसा गरिरहेका बेला आमिरले छोराको सिनेमा मन परेको बताएको भारतीय सञ्चारमाध्यमा जुनैदलाई उदृत गर्दै समाचारहरू आएका छन् । 

तर, उनले आमिर अरूको सिनेमा र कामप्रति खासै टिप्पणी नगर्ने गरेको बताएका छन् । उनले अरूका सिनेमालाई एक आम दर्शकको नजरबाट मात्र हेर्ने र नकारात्मक टिप्पणी नगर्ने गरेको बताएका छन् । 

यसको कारण पनि छ, उनीसँग सिनेमा कस्तो छ, कुन पक्ष सवल र कमसल छ भनेर हेर्न थाले चलचित्रको आनन्द लिन नसकिने उनको तर्क छ । त्यसैले अरूको सिनेमालाई आमिरले दिने प्रतिक्रिया सधैँ एउटै छ । र, त्यो हो– राम्रो छ ।

१४ जुनदेखि नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेको ‘महाराज’ रिलिज अगाडि मेकर्सले आमिरलाई देखाएका थिए । उनले केही सुझाव पनि दिए । यस सन्दर्भमा जुनैदले भनेका छन्, “मेकर्सले बुवालाई यो फिल्म देखाएका थिए । धेरै डिस्कसन हुन पाएन । केही सुझाव भने दिनुभएको थियो । तर मेकर्सले केही माने, केही बेवास्ता गरिदिए ।” 

सिनेमाको छायांकन सन् २०२१ फेब्रुअरीमा सुरु भएको थियो । तर, कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै रोकिएको थियो । पछि कोरोना संक्रमण घट्दै गएपछि टिमले पुनः छायांकन गरेर  निर्माण सम्पन्न गरेको थियो । 

सिनेमामा जुनैदसँगै जयदीप अह्लावत र शालिनी पाण्डेको मुख्य भूमिका छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu