site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एसईई नतिजाको जिम्मेवारी सबैले लिनुपर्छ : मन्त्री श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालयको गुणस्तर सुधार गर्न तीनै तहका सरकार र विद्यालय व्यवस्थापन मिलेर काम गर्न जरुरी रहेको बताएकी छन् । ०८० को एसईईको नतिजाबारे उनले यस्तो बताएकी हुन् ।

५२ प्रतिशत विद्यार्थी ननग्रेडिङ (एनजी) हुनुमा शिक्षा क्षेत्रका कुनै पनि संयन्त्र उम्कने ठाउँ नभएको उनले उल्लेख गरिन् । विगत लामो समयदेखि शिक्षा क्षेत्रको बेथिति र विद्यालयमा राजनीतिकरणको असर यो वर्षको एसईई नतिजामा देखिएको उनको भनाइ थियो ।

Dabur Nepal
NIC Asia

उनले एसईई नतिजाको जिम्मेवारी सबैले लिनुपर्नेमा जोड दिइन् ।

शिक्षामन्त्री सुमना श्रेष्ठसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीको अंश पढ्नोस्–
एसईईको रिजल्टको जिम्मेवारी सबैले लिनुपर्छ । संघीय तहमा आवश्यक नीति–नियमहरू छन् कि छैनन् ? प्रदेश र स्थानीय तहमा साझा सूचीमा राखेको छ, त्यसको अख्तियारी छ वा छैन, संघीय सरकारले हेर्ने विषय हो । पाठ्यक्रम भारी छ कि छैन, एसईईको नतिजापछि शिक्षा मन्त्रालयमा तीनपटक बैठक बस्यौँ । शिक्षा मन्त्रालयको कानुन र प्रशासनबाहेक अन्य विभागमा शिक्षा सेवाबाट मात्रै आउन सक्छन् । यो मन्त्रालयमा भएका साथीहरू अरू मन्त्रालयमा जान पाउँदैनन् । अरू मन्त्रालयका कर्मचारीहरू शिक्षक सेवा पास नगरी आउन पाउँदैनन् । स्थायी सरकारको पनि सुपर स्थायी मन्त्रालय हो । यसले नतिजा नदिएपछि मैले दुई कुरा विशेष रूपमा भनेको छु– एउटा, रिर्फम टिमको लागि ओएनएम गर्नुपर्‍यो । शिक्षण सिकाई हेर्ने विभाग सर्वेमा विज्ञ चाहियो । मन्त्रालयमा पहिलो सुधार गरेको छु । पाठ्यक्रमलाई सुधार (रिभाइज) गर्नको लागि कार्ययोजना माग गरेको छ । पाठ्यक्रमलाई बजारमा जोड्नको लागि समाजसँग पाठ्यक्रम थालनी गरिसकेका छौँ । पाठ्यक्रम बाइलोजिकल रूपमा मात्रै भएको छ । समाजलाई चेतनामूलक बनाउने गरी भएको छैन । हामीले विगतका रिजल्टहरूलाई हेर्दा पनि जुन स्कुलमा प्रधानाध्यापक राम्रो भएको ठाउँमा एसईईको रिजल्ट राम्रो गरेको छ । विद्यालयको प्रधानाध्यापकको लागि निश्चित सेवा आयोग बनाउने हो कि ! त्यसको लागि शिक्षा सेवा आयोगको नियमावली परिर्वतन गर्दै छौँ । अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयललाई दरबन्दी नदिएको अवस्थामा एक हजार ९०० जनाको दरबन्दी मिलान गर्न बाँकी छ । प्रधानाध्यापक दरबन्दीमा आर्थिक भार पर्ने भएकाले तीनै तहका सरकारले व्यहोर्ने हो भने कमजोर नतिजा ल्याएका विद्यालयहरूमा सक्षम प्रधानाध्यापक नियुक्ति गर्न सक्छौँ । विद्यालयहरूले परीक्षाको भन्दा पनि सिकाइको नतिजा राम्रो ल्याउनुपर्छ । जुन निकायले जे नियम कार्यान्वयन गर्नुपर्ने हो, कार्यान्वयनको लागि निर्मम भएर लाग्नुपर्छ । राजनीतिमा लागेको शिक्षकलाई प्रदेश, स्थानीय तह र व्यवस्थापन समितिले हटाउन सक्नुपर्छ । अहिलेको एसईईको नतिजालाई देखाएर उम्कने छुट कसैलाई पनि छैन । शिक्षा क्षेत्रका हरेक संयन्त्रले काम गर्न सके शिक्षा क्षेत्रमा सुधार हुन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro