site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झलनाथको नेतृत्वमा अध्यक्षमण्डल गठन, इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशनअन्तर्गत बन्दसत्र सञ्चालन गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । बन्दसत्र आजदेखि सुरु हुँदै छ ।

बन्दसत्र सञ्चालनका निम्ति खनालको नेतृत्वमा अध्यक्षमण्डल गठन गरिएको पार्टीको प्रचार विभागले जानकारी गराएको छ ।

यस्तै, उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी र उपमहासचिव डा. गंगालाल तुलाधर र डा. विजय पौडल सम्मिलित माइन्युुट कमिटी गठन गरिएको छ ।

महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने प्रचार विभागले जनाएको छ ।

आइतबार (हिजो)देखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा एकीकृत समाजवादीको महाधिवेशन जारी छ । नेतृत्वका निम्ति अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने नेताहरूको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro