खेल

काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको भारतीय टोलीलाई १२५ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
आइतबार सामाजिक सञ्जाल एक्समार्फत बोर्डका सचिव जय शाहले विश्वकप विजेता टोलीलाई १२५ करोड भारुसहित सम्मान गर्ने घोषणा गरेका हुन् । शाह एसियन क्रिकेट काउन्सिलका अध्यक्षसमेत हुन् ।
शनिबार ब्रिजटाउनमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई सात रनले हराउँदै १७ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।
भारतले यसअघि सन् २००७ मा भएको ट्वान्टी–२० विश्वकपको पहिलो संस्करणको उपाधि जितेको हो । सन् २०१४ मा भएको विश्वकपमा भारतले फाइनलसम्मको यात्रा तय गरे पनि श्रीलंकासँग पराजित भएको थियो ।
प्रकाशित मिति: आइतबार, असार १६, २०८१ २१:०७
प्रतिक्रिया दिनुहोस्