site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुलुक चलाउनु गाउँ चलाएजस्तो होइन : रानाभाट

काठमाडौं । पूर्वसभामुख तारानाथ रानाभाटले देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो रहेको बताएका छन् । आइतबार संसद् भवनमा ६६औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले मुलुक मुखियाले गाउँ चलाएजस्तो नभएको टिप्पणी गरे । नेपाल चलाउनु मात्र नेता, सरकार, प्रधानमन्त्रीको जिम्मेवारी नभएको उनले उल्लेख गरे । संसारभरका आफ्ना मित्र, छिमेकी, विगत र आजका क्रियाकलाप एवं शासनव्यवस्था र पद्धति अध्ययन गरेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

पूर्वसभामुख रानाभाटले सांसदहरू संसद्मा आइसकेपछि कुनै जिल्ला, क्षेत्र र पार्टीको मात्र नहुने बताए ।

संसद् दिवसको कार्यक्रममा तारानाथ रानाभाटको भनाइ पढ्नोस्–
प्रजातन्त्र अहिले पनि लंगडो अवस्थामै छ । तातेताते गरिदिने गम्भीर व्यक्तित्वहरू, नेताहरूको अभावले यो स्थिति आएको हो । हामीलाई औँला समातेर अगाडि बढाइदिने नेताको आवश्यक छ । किन आवश्यक छ भने मुलुक मुखियाले गाउँ चलाएको जस्तो होइन । नेपाल चलाउनु मात्रै नेताहरूको, सरकारको, प्रधानमन्त्रीको जिम्मेवारी होइन । संसारभर रहेका आफ्ना मित्रहरू, आफ्ना छिमेकीहरू, आफ्नो व्यवस्थासँग व्यवस्था मिल्ने पद्धतिका हिजोका क्रियाकलाप र आजका क्रियाकलापहरू र आफ्नो अनुकूल रहेका शासनव्यवस्था र पद्धतिलाई अध्ययन गरेर काम गर्ने कुरा संसद्भित्रै हुन्छ । जनताले चुन्ने हो । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro