site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महिनाको १५ दिन पाँचतारे होटेलमा खाना खाने नेताले समाजवाद ल्याउन सक्दैनन् : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले ४३ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देशमा महिनाको १५ दिन पाँचतारे होटेलमा खाना खाने नेताले समाजवाद ल्याउन नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

महिनाको १५ दिन पाँचतारे होटेलमा खाना खान जाने नेताहरूले आफूलाई समाजवादी भन्न नसुहाउने उनले टिप्पणी गरे । उनले कर्णाली प्रदेशका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरू समाजवादी हुन नसक्ने बताए ।

नागरिकका छोराछोरी सरकारी अस्पतालमा जाने तर त्यहाँको गुणस्तर सुधार नगर्ने र आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्ने नेताहरू समाजवादी हुन नसक्ने उनको भनाइ थियो ।

अध्यक्ष राउतले समाजवादी बन्न हुनुपर्ने मापदण्ड नेताहरूले पालना गर्न नसकेको बताए ।

एकीकृत समाजवादीको महाधिवेशन उद्घाटनमा सीके राउतको भनाइ पढ्नोस्–
हामी समाजवादका कुरा गर्दछौँ । म महिनाको १५ दिनजति पाँचतारे होटेलमा गएर खाना खान्छु भने, जहाँ ४३ प्रतिशत जनता गरिबीको रेखामुनि बाँचिरहेका छन् भने म आफूलाई समाजवादी भन्ने कि नभन्ने ? जुन ठाउँमा कर्णालीमा मान्छे बिरामी हुँदा खाने कुरा हुँदैन, नुन पाइरहेका छैनन्, सिटामोल पाइरहेका छैनन्, म महँगो अस्पतालमा उपचार गराउँछु, विदेशमा गएर उपचार गराउन चाहन्छु, म समाजवादी हो कि होइन ? म एकातिर रोजगारी दिने कुरा गर्दछु, अर्कोतिर कसरी युवालाई विदेश पठाउने भनेर लाखौँको संख्यामा सम्झौता गर्दछु भने म समाजवादी हो कि होइन ? म आफ्नो छोराछोरीलाई महँगो बोर्डिङ स्कुलमा भर्ना गर्दछौँ, जहाँ अधिकांश विद्यार्थीको स्थिति राम्रो छैन, म समाजवादी हो कि होइन ? न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro