site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्ड–ओली र रविबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । सत्तारूढ दुई दलका नेताबीच आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । शनिबार (हिजो) ओलीको निवास बालकोटमा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटेको विषयमा पनि सामान्य कुराकानी भएको बताइएको छ ।

शनिबार देउवा र ओलीबीच बालकोटमा भेटवार्ता भएको थियो । त्यसपछि सत्तासमीकरणमा फेरबदल हुन लागेको आशंका गरिएको छ । तर, अध्यक्ष ओली अस्वस्थ भएका कारण देउवा भेटघाटका निम्ति गएका बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि अध्यक्ष ओलीले भेटवार्ता भइरहने बताए । प्रधानमन्त्री र ओलीको भेटका क्रममा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि नियमित प्रक्रिया भएको प्रतिक्रिया दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro