site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाइजेरियामा बम विस्फोट हुँदा १८ जनाको मृत्यु, ४८ घाइते

ग्वोजा । नाइजेरियाको उत्तरी बोर्नो स्टेटमा बम विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ भने ४८ घाइते भएका छन् । 

नाइजेरियाको स्टेट इमर्जेन्सी सर्भिसले जनाएअनुसार विस्फोट एउटा वैवाहिक समारोहमा शनिबार दिउँसो ३ बजे भएको थियो । त्यसपछि अर्को विस्फोट जनरल हस्पिटल ग्वोजा र तेस्रो विस्फोट अन्त्येष्टिस्थलमा भएको थियो ।

बोर्नो स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा)का महानिर्देशक डा बार्किन्दो मोहम्मद साइदुले घटनास्थलको निरीक्षण गरेका छन् ।

मृतकहरूमा पुरुष, महिला र बालबालिकाहरू रहेको सेमाले जनाएको छ । घटनाका बारेमा थप विवरण उपलब्ध गराइएको छैन । सीएनएन

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro