site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

बरहथवा (सर्लाही) । सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी वाग्मती नगरपालिका–१ की ६४ वर्षीया गोमा आले मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा पर्साको वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैबीच, चट्याङबाट लालबन्दी नगरपालिका–१७  गैरी टोलका मंगल कामीको घरमा क्षति पुगेको छ । यस्तै, बुधबार परेको चट्याङबाट ईश्वरपुर नगरपालिका–१३ र १६ का ६ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । रासस

 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्