site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आरोह फर्टिलाइजर्सले ल्यायो तीन प्रकारका जैविक अर्गानिक मल

काठमाडौं । आरोह फर्टिलाइजर्स प्रा.लि.ले माटोमा जथाभावी रासायनिक मल र कीटनाशकको प्रयोगलाई कम गर्न जैविक अर्गानिक मल र कीटनाशक ल्याएको छ । कम्पनीले शुक्रबार पत्रकार सम्मेलन गरेर नेपाली माटोलाई सुहाँउँदाे जैविक तथा अर्गानिक मल बजारमा ल्याएको जानकारी दिएको हो ।

यो मल कृषि उत्पादनमा बढी उपयोगी हुनुका साथै उत्पादनमा वृद्धि तथा वातावरणमैत्री रहेको पनि कम्पनीले जनाएकाे छ । यो मलको फ्याक्ट्री धनुषा जिल्लाकाे धनुषधाम नगरपालिका–३, तेजनगरमा रहेको छ ।

Dabur Nepal
NIC Asia

आरोह फर्टिलाइजर्सले आरोह जैविक तरल मल, आरोह जैविक दानेदार र पाउडर मल र आरोह जैविक कीटनाशक गरी तीन प्रकारका मलहरू उत्पादन गर्दै आएको छ । जसमा आरोह जैविक तरल मलमा ६, ओह जैविक दानेदार र पाउडर मलमा चार र आरोह जैविक कीटनाशकमा दुई थरीका मल उत्पादन गर्दै आएको छ ।

रासायनिक मलको जथाभावी प्रयोगले गर्दा जमिनको माटोको उत्पादन क्षमता घट्दै गई मानव स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको अवस्थामा किसानका लागि यो मल उपयोगी हुने पनि पूर्व कृषि सचिव योगेन्द्रकुमार कार्कीले बताए ।

अबको युग रासायनिकभन्दा प्राङ्गारिक र जैविक खेतीमा लाग्नुपर्ने उनको भनाइ छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro