site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चर्चित पहिलो अमेरिकी डिबेट : ट्रम्पले भने– बाइडेनको कार्यकाल नर्कजस्तै भयो

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो टेलिभिजन डिबेट सकिएको छ । नेपाली समयानुसार शुक्रबार बिहान सीएनएनबाट उक्त डिबेट लाइभ प्रसारण गरिएको थियो ।

पूर्वनिर्धारित कार्यक्रमानुसार ९० मिनेटको समय छुट्ट्याइएको थियो । एक घण्टा ४० मिनेटमा त्यो सकियो ।

दुईबीच एकापसमा थुप्रै विषयमा आरोप–प्रत्यारोप चल्यो । दुवै व्यक्तिगत लाग्ने खालका कतिपय आरोप–प्रत्यारोपमा उत्रिए । विवादित विषय विदेश मामिला, अर्थतन्त्र र गर्भपतनलगायत रहे ।

Dabur Nepal
NIC Asia

ट्रम्पले बारम्बार अर्थतन्त्र र विदेश नीतिको रेकर्डबारे बाइडेनलाई प्रहार गरे । बाइडेनले ट्रम्पलाई उनीमाथि लागेको फौजदारी अभियोग र सन् २०२० को राष्ट्रपति निर्वाचनको परिणाम उल्ट्याउन खोजेको आरोप लगाए ।

दुवै नेताहरू करिब चार वर्षपछि ‘फेस टु फेस’ भएकाले डिबेट निकै चाखलाग्दो थियो । उनीहरू आआफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न तत्पर रहे । त्यसको फैसला आउँदो नोभेम्बर ५ मा हुनेछ ।

दुवैजना यसपालि राष्ट्रपति पदमा दोस्रोपटक भिड्दै छन् । अघिल्लोपटक ट्रम्प पराजित भएका थिए ।

दर्शकको भनाइ के रह्यो ?
रिपब्लिकन तथा डेमोर्क्र्याट – जसले उक्त डिबेट हेरे, उनीहरूले बीबीसीसँग प्रतिक्रिया जनाएका छन् ।

पूर्वडेमोर्क्र्याट कंग्रेस ओमन स्टेफानी मुर्फीले बाइडेनले बोलेको बुझ्न कठिन भएको बताइन् । उनले ट्रम्पले गरेको कमेन्ट पनि सत्य नभएको बताइन् । टम्पले बोलेका कुरा पत्याउन ‘फ्याक्ट चेकिङ’ आवश्यक पर्ने उनको भनाइ थियो ।

ट्रम्पले आउँदो चुनावको परिणाम स्वीकार गर्ने कि नगर्ने भन्ने प्रश्नको जवाफ दिन गाह्रो मानेकामा आफ्नो चासो रहेको उनले बताइन् ।

समग्रमा डिबेटमा बाइडेनको वृद्धावस्था देखिएको उनले टिप्पणी गरिन् । बाइडेनको तुलनामा ट्रम्पले राम्रो प्रदर्शन गरेको उनको भनाइ थियो ।

पूर्वरिपब्लिकन कंग्रेसम्यान रोड्नी डेभिसले डिबेटले चुनावमा ट्रम्पले जित्ने प्रस्ट देखाएको बताए ।

समापन मन्तव्यका क्रममा ट्रम्पले बाइडेन कार्यकालमा अमेरिकीले नर्कमा बसेको महसुस गरेको बताए । उनले बाइडेनलाई एउटा ‘कम्लेनर’का रूपमा व्याख्या गरे । बाइडेनले अमेरिकालाई असुरक्षित बनाएको र अन्तर्राष्ट्रियजगत्मा छवि बिगारेको उनले आरोप लगाए ।

बाइडेनको इरान नीतिले हमासलाई इजरायलमा आक्रमण गर्न अनुमति दिएको जनाउँदै उनले युक्रेनको अवस्था कहिल्यै त्यस्तो हुनु हुँदैन थियो भने ।

गएको अक्टोबर ७ पछि अमेरिकामा बाइडेनकै कारण प्रो प्यालेस्टाइन प्रदर्शन बढेको उनले आरोप लगाए । ट्रम्पले पूरै देशले बाइडेनलाई सम्मान नगर्ने टिप्पणी गरे ।

“हामी असफलतातिर गयौँ, योभन्दा बढी फेल हुनु हुँदैन । वी आर गोइङ टु मेक इट ग्रेट अगेन (हामी फेरि यसलाई महान् देश बनाउँछौँ),” ट्रम्पले भने ।

आजको अमेरिकी रात बाइडेनका निम्ति ‘ब्याड नाइट’ भएको धेरैले टिप्पणी गरेका छन् । बुढोपन र उनी नबोलेको बेलामा पनि मुख खुलेको राम्रो नदेखिएको धेरैको भनाइ छ । बाइडेनले दोस्रो हाफमा राम्रो गर्न खोजे पनि त्यति बेला निकै ढिलो भइसकेको टिप्पणी गरिएको छ ।

बाइडेनले आफ्नो समापन मन्तव्यमा अमेरिकी जनताका निम्ति आफूले नीति परिवर्तन गरेर गर्न खोजेको कामका बारेमा बोले । इन्सुलिनको मूल्य घटाउने र उपयुक्त शुल्कमा चाइल्ड केयरको व्यवस्था गर्नेजस्ता विषय उनले अघि सारेका थिए ।

उनले मुद्रास्फीति कम गर्ने विषय समेत उठाए । आफूले कर घटाउने उनले बताए । ट्रम्पले जितेमा अझ कर बढाउने उनको भनाइ थियो । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro