site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बोर्डको दाबी : नतिजामा सुधार भयो, सबैभन्दा बढी ‘नन ग्रेडेड’ गणितमा 
फाइल तस्बिर ।

काठमाडौं । यस वर्षको एसईई नतिजा गएको वर्षभन्दा सुधार भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्ड अध्यक्ष महाश्रम शर्माले माथिल्लो जीपीए ल्याउनेको संख्या बढेसँगै नतिजा सुधार भएको दाबी गर्छन् ।

‘नन ग्रेडेड’ हुने विद्यार्थीको संख्या बढे पनि धेरै विषयमा अनुत्तीर्ण हुनेको संख्या घटेको उनको भनाइ छ । यस वर्ष अघिल्ला वर्षहरूझैँ गणित विषयमा सबैभन्दा धेरै एक लाख ७७ हजार ९८५ विद्यार्थी नन ग्रेडेड भएका छन् ।

अंग्रेजीमा एक लाख एक हजार ३८३, विज्ञानमा एक लाख २६ हजार ९३३, सामाजिकमा ७३ हजार ८७७ र अर्थशास्त्रमा ६९ हजार ४१६ विद्यार्थी नन ग्रेडेड भएको शर्माले बताए । 

यस्तो छ वर्ष २०७९ र ०८० को तुलनात्मक नतिजा
वर्ष २०८० को एसईईमा चार लाख ६४ हजार ७८५ विद्यार्थी सहभागी थिए । जीपीए ३.६ देखि चारसम्म ल्याउने विद्यार्थीको संख्या ३१ हजार २०९ छ । वर्ष २०७९ को एसईईमा चार लाख ८४ हजार ९३९ परीक्षार्थी सहभागी भएका थिए । सो वर्ष पुरानै ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक गरिएको थियो । नतिजामा ३.६ देखि चार ग्रेड (ए प्लस) ल्याउनेको संख्या २२ हजार ४७५ थियो ।

यस वर्ष ३.२ देखि ३.६ सम्म जीपीएसहित ६८ हजार २५६ जना उत्तीर्ण भएका छन् । यही जीपीए ल्याउने विद्यार्थी वर्ष २०७९ मा ५५ हजार ६९ जना थिए । यस वर्ष जीपीए २.८० देखि ३.२० सहित सबैभन्दा धेरै ७८ हजार ८७४ विद्यार्थी उत्तीर्ण भएका छन् । गएको वर्ष यही नतिजा ७२ हजार ३६२ विद्यार्थीले ल्याएका थिए ।

यस वर्षको नतिजामा जीपीए २.४ देखि २.८ सम्म ल्याउने विद्यार्थी ४१ हजार १७७ जना छन् । यही जीपीए २०७९ सालको एसईईमा ८९ हजार ३३१ जनाले ल्याएका थिए ।

अहिलेको नतिजामा दुई हजार ९५० विद्यार्थीले जीपीए २.० देखि २.४ सम्म ल्याएका छन् । वर्ष २०७९ को एसईईमा यो नतिजा सबैभन्दा धेरै एक लाख दुई हजार २९३  विद्यार्थीले ल्याएका थिए ।

यस वर्षको नतिजामा ६ विद्यार्थीले जीपीए १.६ देखि दुईसम्म ल्याएका छन् । यही नतिजा २०७९ को एसईईमा ८८ हजार ४४७ विद्यार्थीले ल्याएका थिए । २०७९ को एईईमा न्यूनतम ०.८० देखि १.२ सम्मको जीपीएलाई ग्रेडिङ गरिएको थियो ।

ग्रेडिङ हुन कम जीपीए पनि पर्याप्त हुने हुँदा गएको वर्ष २०७९ को नतिजामा १३ हजार ९९२ अर्थात् २.८९ प्रतिशत विद्यार्थी मात्रै नन ग्रेडेड भएका थिए ।

 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro