site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकासँगको कानुनी मामिला मिलाएर अष्ट्रेलियातर्फ उडे असान्ज

बीबीसी । विकिलिक्सका संस्थापक जुलियान असान्ज अमेरिकी कानुनी प्रक्रिया पूरा गरेर बुधबार अष्ट्रेलियाको  क्यानबेरातर्फ उडेका छन् । उनी अमेरिकी भूभाग नर्थन मेरिआना आइल्यान्डको अदालतमा आफूले गरेको गल्ती महसुस गरेपछि स्वतन्त्र भएर आफ्नो मुलुक फर्केका हुन् ।

विकिलिक्सका अनुसार उनी माल्टामा आधारित चार्टर सर्भिस प्रोभाइडरको भिस्टा जेटमा त्यसतर्फ उडेका हुन् । उनी अष्ट्रेलियाको स्थानीय समयअुनसार १८ः१४ बजे क्यानबेरामा अवतरण गर्ने जनाइएको छ ।

यसअघि बसेको जेलको अवधिलाई अहिले पनि गणना गरिएकोले उनी अमेरिकामा भने जेलमा बस्नु परेन । उनी सोमबार बेलायती जेलबाट छुटेपछि थाइल्यान्ड हुँदै नर्थन मेरिआना आइल्यान्ड पुगेका हुन् ।

उनी क्यानबेरा जाने चार्टर विमानको भाडा पाँच लाख २० हजार डलर भएको बताइएको छ । सो भाडा अष्ट्रेलिया सरकारले अहिले व्यहोरे पनि पछि असान्जले सो रकम चुक्ता गर्नुपर्ने जनाइएको छ ।

अमेरिकी कानुन मन्त्रालयको वक्तव्यमा अनुमति नलिइकन असान्ज अब अमेरिका फर्कन प्रतिबन्धित रहेको कुरा पनि उल्लेख भएको जनाइएको छ । बीबीसी

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro