site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बीआरआई समझदारीपत्र संसद्‌मा छलफल गराउन माग  

काठमाडौं । सरकारले गोप्य राखेको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)सम्बन्धी समझदारीपत्र संसद्‌मा छलफल गराउन माग गरिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले प्रतिनिधिसभाको बैठकमा नेपाल र चीनबीच भएको बीआरआई फ्रेमवर्क समझदारीपत्र (एमाओयु) छलफलको लागि संसद्‌मा पेस गर्न माग गरेका हुन् ।

नेपाल र चीनबीच सन् २०१७ मा बीआरआईसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

“उक्त सहमति सम्झौताबारे यस सदनमा औपचारिक छलफल नभएको हुँदा यसले अनावश्यक रूपमा उक्त सहमतिबारे बाहिर बढी चर्चा परिचर्चा हुने गरेको छ । जसले गर्दा हाम्रो छिमेकी मित्रराष्ट्रसँगको सम्बन्धमा पनि टेन्सन आउने देखिन्छ । उक्त सम्झौताको बारे औपचारिक जानकारी र छलफल गराउनेबारे सरकारले के सोचिराखेको छ ?” उनले भने ।

बीआरआई समझदारीपत्रमा हस्ताक्षर भए पनि नेपालमा हालसम्म यसअन्तर्गत कुनै पनि परियोजना अगाडि बढेको छैन । बीआरआई इम्प्लिमेन्टेसन प्लान सम्झौता नभएका कारण परियोजना अगाडि बढ्न नसकेका हुन् । अहिले सम्झौतालाई अन्तिम रूप दिने काम भइरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro