site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेकपा एस महाधिवेशन : झलनाथसँग माधवले राखे सहमतिमा नेतृत्व टुंग्याउने प्रस्ताव 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सम्मानित नेता झलनाथ खनाललाई सहमतिमा नेतृत्व टुंग्याउने प्रस्ताव राखेका छन् । आइतबार राति भएको भेटवार्तामा नेपालले सहमतिका साथ अघि बढ्ने प्रस्ताव राखेका हुन् । 

असार १६–२० गतेसम्म एकीकृत समाजवादीको महाधिवेशन काठमाडौंमा हुँदै छ । अध्यक्षमा माधवसँगै, खनाल र महासचिव घनश्याम भुसालले दाबेदारी प्रस्तुत गरिरहेका छन् । 

भेटमा उपाध्यक्ष राजेन्द्र पाण्डे र प्रमेश हमाल पनि सहभागी थिए । पाण्डेले महाधिवेशन सफल पार्ने विषयमा संवाद भएको बताए । उनका अनुसार दुई नेताबीच सर्वसहमतिमा नेतृत्व चयन गर्ने विषयमा छलफल भएको छ । 

“कसरी यो महाधिवेशनलाई सफल पार्ने भन्ने विषयमा संवाद भएको हो । ओलीको गैरराजनीतिक, अहंकारी, गैरकम्युनिस्ट चरित्रका विरुद्ध हामीले विद्रोह गर्‍यौँ,” भेटबारे उनले भने, “यो पार्टीलाई कसरी बचाउने ? यो महाधिवेशनबाट सर्वसहमतिमा नेतृत्व कसरी चुन्न सकिन्छ भन्नेमा सल्लाह भएको हो ।” 

संवादमा कुनै निष्कर्ष ननिस्किएको नेताहरूले जनाएका छन् । माधव विद्रोह गरेर ल्याएको पार्टीको नेतृत्व आफैंले गर्न चाहेका छन् । खनालले पार्टीमा आफ्नो नेतृत्व हाबी भएको भन्दै नेतृत्व गर्न पाउनुपर्ने दाबी गरिरहेका छन् । भेटमा नेपालले आफूलाई अध्यक्ष बनाउन सघाउन आग्रह गरेका हुन् । 

उपाध्यक्ष पाण्डेले पार्टीको महाधिवेशन नसर्ने पनि दाबी गरे । “प्रतिनिधि काठमाडौं आउन थालिसके । महाधिवेशन सर्दैन,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro