site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न– सत्ता ठूलो कि मुलुक ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य कमला पन्तले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएकी छन् । सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धानका निम्ति संसदीय छानबिन समिति बनाइँदा समेत नैतिकताका आधारमा राजीनामा नदिएको भन्दै उनले असन्तुष्टि जनाएकी हुन् ।

सोमबार राष्ट्रियसभा बैठकमा उनले ‘छानबिनका लागि प्रक्रियामा गएका व्यक्तिलाई संरक्षण गरेर देशमा कस्तो सन्देश दिन खोजेको ?’ भन्दै प्रश्न गरिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तामा बढी केन्द्रित भएको उनले आरोप लगाइन् ।

राष्ट्रियसभा बैठकमा सांसद कमला पन्तको भनाइ पढ्नोस्–
जनताले यसले अनियमितता गर्‍यो, जनताको पैसा यसको पेटमा पर्‍यो, त्यसले गर्दा कारबाही होस् भनेर जनताले मागेको छ । सिंगो संसद्ले मागेको छ । सिंगो संसद् अवरुद्ध भयो । र, अध्यक्षज्यूलाई भन्छु– यो संसद्‌बाट हामी पनि संसद् अवरुद्ध गर्न वेलमा आयौँ । के गर्‍यौँ, त्यो पछि विश्लेषणको कुरा होला । त्यत्रो भएको मान्छे नैतिकता त हुन्छ नि ! छानबिन गर्नुस्, राजीनामा दिन्छु भन्न नसक्ने त्यत्रो ठूलो निकायमा बसेको एउटा गृहमन्त्रीले, अनि भ्रष्टाचार मौलाउँदैन ? हामीले कस्तो मान्छेलाई संरक्षण दिएका छौँ ? म सम्माननीय प्रधानमन्त्रीलाई भन्छु– यहाँबाट निकाल्न सकिँदैन ? अभियोग यस्तो लाग्यो, राजीनामा दिनुस्, क्लिन चिट पाएपछि तपाईंलाई नै उपप्रधानमन्त्री बनाउँछु भनेर प्रधानमन्त्रीले भन्न सक्नु हुन्न ? केले रोक्यो, त्यत्रो इच्छाशक्ति बोकेको प्रधानमन्त्रीलाई ? सत्ता नै ठूलो कुरा हो ? आउनुस् न, अर्कोचोटि बहुमत प्राप्त गरेर आउनुस् । सत्ता ठूलो कि मुलुक ? न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro