site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विदेशमा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिन माग 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले श्रमका निम्ति खाडी मुलुकमा गएका मध्ये १५ वर्षमा ११ हजार ७६० जनाले ज्यान गुमाएको बताएकी छन् । यसरी ज्यान गुमाउनेमध्ये ८१ प्रतिशत पीडित परिवार क्षतिपूर्ति पाउनबाट वञ्चित भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले विदेशमा मृत्यु भएकाका परिवारले क्षतिपूर्ति पाउनुपर्ने न्यूनतम अधिकार भएको बताइन् । “२,२०० श्रमिकका परिवारले मात्रै क्षतिपूर्ति पाएका छन् भने बाँकी ८१ प्रतिशत परिवार यो अधिकारबाट वञ्चित छन्,” उनले भनिन् ।

सांसद गौतमले देश रेमिट्यान्सको आयले धानेको उल्लेख गरिन् । प्रत्येक वर्ष  कामका सिलसिलामा विदेशिनेको संख्या बढ्दो रहेको उनले बताइन् । मृत्यु हुनेको संख्या पनि बढ्दो रहेको उनले सुनाइन् । प्रत्येक दिन सरदर चार शव बाकसमा भित्रिरहेको तितो यथार्थ नेपालीले भोगिरहेको उनको भनाइ छ ।

कामका निम्ति विदेश जानेका हकमा लागु बिमाका सर्तलाई सच्याउनुपर्नेमा उनले जोड दिइन् । कम्पनीले जिम्मा लिएको अवधि अर्थात् २४ घण्टा नै बिमाको व्यवस्था मिलाउन उनले आग्रह गरिन् ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro