site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिनियाँ उपविदेशमन्त्री वेइदोङ भोलि नेपाल आउँदै
फाइल तस्बिर ।

काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सन वेइदोङ तीनदिने औपचारिक नेपाल भ्रमणमा आउने भएका छन् । उनी भोलि नेपाल आउने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वेइदोङले मंगलबार काठमाडौंमा आयोजना हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा भाग लिनेछन् ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गर्नेछिन् ।

वेइदोङको भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल हुनेछ ।

वेइदोङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ ।

उनी बुधबार स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro