site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जीबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैन : महत
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने कुरा बढी, काम उल्टो गर्ने बाटोमा हिँडेको टिप्पणी गरेका छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

गृहमन्त्रीले अहिलेसम्म बोलेका कुनै कुरा दिगो र सत्य नभएको उनले उल्लेख गरे । ‘जीबी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने’ धेरै पहिला भनेको भए पनि हालसम्म पक्राउ गर्न नसकेको उनले बताए ।

Argakhachi Cement Island Ad

“गृहमन्त्री कुरा धेरै गर्नुहुन्छ, काम उल्टो गर्नुहुन्छ । उहाँले अहिलेसम्म जति पनि बोल्नुभएको फेहरिस्तलाई हामीले केलाउने हो भने कुनै पनि दिगो हुने कुरा, सत्य कुरा छैन,” उनले भने, “उहाँ (गृहमन्त्री)ले जीबी राईको बारेमा आकाश, पाताल गरेरै ल्याउँछौँ भन्नुभएको थियो ।”

उनले जीबी राईलाई पक्राउ गर्न गृहमन्त्री अग्रसर नदेखिएको आरोप लगाए । उनलाई पक्राउ गरी अनुसन्धान भए गृहमन्त्री लामिछाने आफैँ फस्न सक्ने डर रहेको डा. महतले बताए ।

“उसले (जीबी राई) बयान दियो भने झनै अप्ठ्यारोमा पर्न सक्छु भन्ने लागेको हुनसक्छ,” उनले भने ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि धेरै बोल्ने, विश्वास दिलाउने तर काम नगरेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्