site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनको उर्जा पूर्वाधार क्षेत्रमा रुसको भीषण आक्रमण

किभिभ । रुसले युक्रेनको उर्जा पूर्वाधार क्षेत्रमा भीषण आक्रमण गरेको छ । शनिबार राति सो आक्रमण भएको जनाइएको छ । गएको तीन महिनामा उर्जा पूर्वाधार क्षेत्रमा रुसले गरेको यो आठौँ आक्रमण भएको युक्रेनकोे उर्जा मन्त्रालयले जनाएको छ ।

एयर डिफेन्स सिस्टममार्फत १६ मध्ये १२ मिसाइल र १३ वटा ड्रोन उर्जा पूर्वाधार क्षेत्रमा प्रहार गरिएको युक्रेनको एयर फोर्सले जनाएको छ । शनिबार अबेर युक्रेनको उत्तर पूर्वी क्षेत्र खार्किभमा रुसले प्रहार गरेको बमबाट तीनजना मारिएको र कम्तीमा १८ जना घाइते भएको जनाइएको छ । कम्तीमा चार वटा विस्फोटन सहरमा सुनिएको समेत युक्रेनी पक्षको भनाइ छ ।

नागरिकको पूर्वाधार क्षेत्रमा भएको यो एउटा आतंककारी आक्रमण भएको जनाइएको छ । त्यहाँ कुनै सैन्य चासोको विषय नभएको खार्किभका क्षेत्रीय गभर्नर ओलेह सिनिहुबोभले बताएका छन् ।

रातारात गरिएको सो आक्रमणमा दुईजना उर्जासम्बन्धी कर्मचारी घाइते भएको र केही उपकरणमा क्षति भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् । दक्षिण पश्चिम क्षेत्रमा पनि एउटा घर र किन्डरगार्टेनमा क्षति भएको उनीहरूको भनाइ रहेको छ । बीबीसी
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro