site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाकालीमा डुबेर किशोरीको मृत्यु, बालिका बेपत्ता
प्रतीकात्मक तस्बिर ।

बैतडी । महाकाली नदीमा डुबेर बैतडीकी एक किशोरीको मृत्यु भएको छ । एक बालिका बेपत्ता छिन् ।

शिवनाथ गाउँपालिका–१, स्वालाकी १५ वर्षीया रजनी चाँडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।

शिवनाथ–१, कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार बिहान १० बजेतिर नुहाउने क्रममा रजनी बेपत्ता भएकी र केही समयपछि नेपाल प्रहरी र स्थानीयले मृतावस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।

रजनीसँगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपत्ता छिन् । उनको खोजी जारी छ । अस्मिताको खोजीका निम्ति स्थानीयसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन भएको प्रवक्ता पाण्डेले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro