विदेश
नयाँ दिल्ली । शराब घोटाला प्रकरणमा जेलमा रहेका भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज छुट्ने भएका छन् ।
उनलाई बिहीबार राजउ एभिन्यु अदालतले शराब सम्बन्धी जोडिएको मनी लन्ड्रिङ विषयमा जमानत दिने फैसला गरेको थियो । केजरीवालका वकिल विवेक जैनले उनलाई जमानत मिलेको पुष्टि गरेका छन् ।
उनी अहिले दिल्लीको तिहाड जेलमा छन् । आज (शुक्रबार) बेल बन्ड ड्युटी जजको सामुन्ने पेस गरिने जनाइएको छ । बन्ड स्वीकार भएमा उनी आज छुट्ने छन् ।
उनलाई गएको लोकसभा निर्वाचनको समयमा मे १० देखि जुन २ सम्म जमानत मिलेकोमा त्यसपछि उनी फेरि जेलमा हाजिर भएका थिए । उनलाई सुरुमा २१ मार्चमा गिरफतार गरिएको थियो । बीबीसी
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१ ०९:०२
प्रतिक्रिया दिनुहोस्