site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रकाशशरण महतको प्रश्न– एक करोडभन्दा तलका आयोजना केन्द्रले किन राखेको ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले अहिलेको सरकार देश र जनताको पक्षमा नरहेको टिप्पणी गरेका छन् ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले आज प्रधानमन्त्रीले संसद्‌मा दिएको जवाफबाट सरकार देश र जनताप्रति जिम्मेवार नरहेको पुष्टि हुने जिकिर गरे ।

उनले कार्यविधिमा तीन करोडभन्दा तलको आयोजना केन्द्र सरकारले नराख्ने भनेको अवस्थामा किन राखिएको भन्दै प्रश्न गरे ।

"देश जनताको पक्षमा यो सरकार छैन । यसले सक्दैन । आजै प्रधानमन्त्रीको जवाफ, उहाँले के भन्दै हुनुहुन्थ्यो भने तीन करोडभन्दा तलका आयोजनाहरू, जुन कार्यविधिमा केन्द्रले नराख्ने भनिएको छ । केन्द्रमा राखिएको छ र त्यो प्रदेश र स्थानीयले गर्छ भन्नुभयो । एक करोडभन्दा तलका आयोजनामात्रै ५५ अर्बका छन् । तीन करोडभन्दा तलको खर्बौं नाघ्छ । त्यो सबै स्थानीय र प्रदेशले गर्ने हो भने केन्द्रमा किन राखेको ?," महतले भने ।

उनले नेपाली कांग्रेसबिना जिम्मेवारीपूर्ण ढंगबाट देशको विकास सम्भव नरहेको जिकिर गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro