site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रासायनिक मलको अभाव हुँदैन : मन्त्री साह

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएकी छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री साहले अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौजाद रहेको जानकारी दिइन् । थप एक लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने भन्दै उनले मलको आवश्यकता पूरा हुने दाबी गरिन् । 

मन्त्री साहले आगामी आर्थिक वर्षमा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी बताइन् । उनले विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या नहुने दाबी गरिन् । 

मन्त्री साहले आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताको लागि दुई लाख ५० हजार मेट्रिक टनको टेन्डर आह्वान भइसकेको र सोमध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको जानकारी दिइन् । 

“आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताको लागि दुई लाख ५० हजार मेट्रिक टनको टेन्डर आह्वान भइसकेको र सोमध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको हुँदा मलको अभाव नहुने गरी मन्त्रालयले कार्ययोजना बनाई काम अगाडि बढाइएको छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु,” मन्त्री साहले भनिन् । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro