site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसकै बीचमा गठबन्धन गरौँ, कुनै पार्टीले हराउन सक्दैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी बीचमा गठबन्धन भए अन्य राजनीतिक दलहरूले निर्वाचनमा पराजित गर्न नसक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनेल यस्तो बताएका हुन् । उनले घात, अन्तर्घात हुने भयले अन्य राजनीतिक दलहरूबीच गठबन्धन हुने गरेको भए पनि कांग्रेसको बीचमा गठबन्धन गरेको खण्डमा कुनै पनि राजनीतिक दलले हराउन नसक्ने जिकिर गरे ।

महिलाहरू लैंगिक प्रतिनिधित्वमा राजनीतिक प्रतिनिधित्वभन्दा माथि उठ्न नसकेको बताए । उनले राजनीतिकसँगै आर्थिक, सामाजिक प्रतिनिधित्वमा पनि त्यत्तिकै सबल र सक्षम हुनुपर्ने उल्लेख गरे । 

"घात अन्तर्घात हुन्छ भनेर हामी गठबन्धन गरिरहेका छौँ, राजनीतिक दलहरूको बीचमा । मलाई के लाग्छ भने नेपाली कांग्रेस आफैँ पनि सक्षम छ । हामी हाम्रो बीचमा गठबन्धन गरौँ । नेपाली कांग्रेसको बीचमा गबठन्धन गर्ने हो भने हामीलाई कुनै पनि शक्तिले हराउन सक्दैन । अन्य दलहरूसँग गठबन्धन गर्नै पर्दैन," उनले भने । 

नेता कोइरालाले महिलाहरूलाई प्रदेश र संघ संसद्को बीचमै प्रतिस्पर्धा गराइ अघि बढ्न आवश्यक रहेको बतार्ए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro