देश
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेको छ ।
भक्तपुर जिल्ला घर भएका अन्दाजी ३२ वर्षीय मनोज श्रेष्ठ र रूपक भण्डारीलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
“६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा हाम्रो टोलीले नेपाल भारत सीमा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो । उक्त विषयमा थप अनुसन्धान भइरहेको छ,” उनले भने ।
अहिलेसम्म ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेको संख्या २० जना पुगेको प्रवक्ता बोगटीले बताए । रासस
प्रकाशित मिति: बुधबार, असार ५, २०८१ २०:२६
प्रतिक्रिया दिनुहोस्