site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सामसङले ल्यायो पर्फेक्टली साउन्ड अफर

काठमाडौं । सामसङले आफ्नो ग्राहकहरूको अडियो अनुभवलाई सन्तोषजनक पार्ने वाचा गरेको छ । अब ग्राहकहरूले ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन र ग्यालेक्सी बड्स एफई एक छुटाउनै नहुने अफरको साथमा आएको छ ।

ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन खरिद गर्दा मात्र पाँच हजार रुपैयाँ थप गरी ग्राहकहरूले १५ हजार रुपैयाँ मूल्य रहेको ग्यालेक्सी बड्स एफई पनि साथमा पाउन सक्ने छन् ।

Argakhachi Cement Island Ad

ग्राहकले यो छुटाउनै नहुने आफ्नो टेक अपग्रेड गर्ने, सिमलेस कनेक्टिभिटी, टप टियर पर्फमेन्स र क्रिस्टल क्लियर साउन्ड पाउने मौका सबै यो आकर्षक छुट मूल्य अफर लागु रहुन्जेल फाइदा उठाउन सक्नेछन् ।   

यो अफर सामसङद्वारा प्रदान गराइएको इनस्टा फाइनान्स सेवाबाट शून्य प्रतिशत ब्याजमा बिना कुनै वित्तीय झन्झट लिन सकिन्छ । आफ्नो नागरिकताको साथ ग्राहकहरूले ग्यालेक्सी बड्स एफई प्राप्त गर्न थप गर्नुपर्ने पाँच हजार रुपैयाँ पनि स्मार्टफोनसँग शून्य प्रतिशत ब्याज रहेको इन्स्टा फाइनान्सको ईएमआईमा समावेश हुने गरी यो बन्डल खरिद गर्न सक्छन् । यो अफर असार ६ गतेदेखि स्टक रहुन्जेल मान्य हुने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १९:०२
प्रतिक्रिया दिनुहोस्