site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
एनभिडिया बन्यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी
Dabur Nepal
NIC Asia

काठमाडौं । एनभिडिया विश्वकै सबैभन्दा मूल्यवान कम्पनी हुन सफल भएको छ । यसको सेयर मंगलबार अहिलेसम्मकै उच्च भएका कारण उक्त कम्पनी विश्वकै सबैभन्दा मूल्यवान बन्न सफल भएको हो ।

कम्पनीको स्टक ट्रेडिङ मंगलबार करिब १३६ डलरमा टुंगिएको थियो । जसले ३ दशमलब ५ प्रतिशतले माइक्रोसफ्टभन्दा उक्त कम्पनीलाई मूल्यवान बनाएको थियो । यो महिनाको सुरुमा नै यसले एप्पललाई उछिनेको थियो ।
 
एनभिडियाले आर्टिफिसियल इन्टेलिजेन्स(एआई)लाई आवश्यक पर्ने सफ्टवेयरका लागि कम्प्युटर चिप्स बनाउने गरेको छ । यसले गर्दा यसका उत्पादनहरूको माग बढेपछि पछिल्ला केही वर्षमा यसले नाफा कमाउन सफल भएको हो ।
 
धेरै लगानीकर्ताहरूले यसबाट हुने कमाइ अझ बढ्ने विश्वास लिएका छन् । त्यसैले यसको सेयर उकालो लागेको हो । यद्यपि, कतिपयले यसको ‘स्काइ–हाइ भ्यालुएसन’मा प्रश्न उठाएका छन् ।
बीबीसी
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro