site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भ्रष्टाचारविरोधी अभियन्ता भन्दै ठगी

काठमाडौं । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउँदै ठगी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । सोमबार (हिजो) उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर–८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर–१ की २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर–२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् ।

उनीहरूले आफूलाई अभियन्ता बताएर गैरकानुनी रूपमा संस्था खोली ठगी गरेको भन्दै प्रहरी वृत्त बौद्धमा जाहेरी दिइएको थियो । गोकर्णेश्वर नगरपालिकामा गैरकानुनी रूपमा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोली ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले विभिन्न वडाहरूमा त्यसका शाखा समेत खोलेर सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना आदिमा गएर आफूहरूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने गरेका थिए । ती कार्यालय, कम्पनीले भ्रष्टाचार, कर छली, आर्थिक अनियमितता गरेको उजुरी आफूहरूकहाँ परेको उनीहरूले बताउने गरेका थिए ।

उनीहरूले आफूहरूले त्यस विषयमा छानबिन गर्ने भन्दै धम्क्याउने, रकम असुली र चरित्र हत्याजस्ता कार्य गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिइएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro