site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीले प्रहरीको ‘चेन अफ कमान्ड’लाई नै ब्रेक गर्ने गम्भीर गल्ती गरे : सांसद केसी
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैल्याएको भन्दै आपत्ति जनाएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । सांसद केसीले प्रहरी ऐनविपरीत जथाभावी सरुवा किन गर्नुपर्‍यो ? भनि गृहमन्त्री लामिछानेलाई प्रश्न पनि गरे । 

गृह मन्त्रालयको सय दिनमा गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरूको चेन अफ कमान्ड नै ब्रेक गर्ने र सुरक्षा निकाय प्रमुखलाई निरीह बनाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे । गृहमन्त्रीले सय दिनमा १७ पटक प्रहरी र ६६ जना सीडीओहरूलाई परिवर्तन गरेर सरुवा आतंक फैलाएको उनको आरोप थियो । 

"सरकारले यो सय दिनको अवधिमा मैले गृह मन्त्रालयको सय दिनको प्रस्तुती सबै पढेँ । दैनिक गर्नुपर्ने कार्यहरूको फेहरिस्त छ । तर, नयाँ ढंगले जुन उत्साहका साथ, प्रतिबद्धताका साथ, जनप्रिय नाराका साथ गृहमन्त्रीसहितको नयाँ टिम प्रवेश गरेको थियो । मैले सय दिनको कार्यक्रममा कुनै पनि पाइन," उनले भने, "जुन ढंगको सरुवा आतंक, प्रशासनलाई निरीह छायाँ बनाउने र सुरक्षा अंगहरूमा चेन अफ कमान्ड ब्रेक गर्ने र प्रमुखहरूमाथि नै बक्रदृष्टि राख्ने खालको स्थिति पुगेको छ । त्यस्ता विषयमा गम्भीर हुन म गृहमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु । र त्यो सरुवा आतंक किन गर्नुपर्‍यो ? मैले गृहमन्त्रीजीलाई ध्यानाकर्षण गराउन चाहेँ ।"

सांसद केसीले प्रहरीभित्रको चेन अफ कमान्डलाई आफ्नो लाचार छायाँ बनाउने काम नगर्न पनि गृहमन्त्री लामिछानेलाई सचेत गराए । 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro