site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बडालले वकालतनामा लेखाएपछि रोकियो गृहमन्त्रीविरुद्धको रिटमा सुनुवाइ
फाइल तस्बिर

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बनको माग गरिएको रिट ‘हेर्न नमिल्ने’मा परेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासमा परेको रिटमा एमालेनिकट अधिवक्ता रमेश बडालले रविको तर्फबाट बहसका लागि वकालतमा नाम लेखाएका थिए । न्यायाधीश डा. शर्मा र बडाल पूर्व ‘ल फर्म पार्टनर’ भएकाले मुद्दा ‘हेर्न नमिल्ने’मा परेको हो । 

बुटवलस्थित सुप्रिम र पोखरास्थित सहारा सहकारीसहितका संस्थाको बचत अपचलनका आरोपित गृहमन्त्री लामिछानेले नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालययबाट ‘क्लिन चिट’ लिँदै अनुसन्धान प्रभावित बनाएको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । उनले लामिछानेको निलम्बनका निम्ति प्रधानमन्त्रीका नाममा आदेश माग गरेका छन् ।

संघीय संसद्‌मा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लामिछानेमाथि छानबिनको माग गरेको थियो । त्यति बेला लामिछानेले महान्यायाधिवक्ता कार्यालयबाट कतै पनि उजुरी र अभियोजन नभएको पत्र लिएका थिए । उक्त पत्रलाई पनि अधिवक्ता भट्टराईले अवैध घोषित गरी बदर गरिदिन आदेश माग गरेका छन् । 

लामिछानेविरुद्ध पोखराको सहारा सहकारीपीडितले उजुरी दर्ता गराएका छन् । त्यसलाई लामिछानेले पूरक उजुरी भएको र कुनै प्रमाण नभएको जवाफ दिँदै आएका छन् । सर्वोच्चले यसअघि लामिछानेविरुद्ध कास्की प्रहरीमा रहेको उजुरी झिकाउने आदेश गरेको थियो । तर, उजुरी नम्बर उल्लेख गरी अदालतबाट ढड्डासहित माग गरिएकोमा प्रहरीले उक्त नम्बरको उजुरी नभएको जवाफ पठाएको थियो ।

गएको जेठ २८ गते सर्वोच्चले बुटवलस्थित सुप्रिम सहकारीका प्रतिवादीको सूची र लामिछानेलाई विपक्षी नबनाउनुको कारण माग गरेको छ । 

लामिछाने गृहमन्त्री भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को रोष्ट्रममै उभिएर लामिछाने निर्दोष रहेको बताएका छन् । त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न ठाउँमा पुगेर लामिछाने निर्दोष रहेको बताएका छन् । लामिछाने स्वयंले आफू कुनै पनि सहकारीको ऋणी, बचतकर्ता, सञ्चालक वा व्यवस्थापक नरहेको बताएका छन् । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले समेत लामिछानेविरुद्ध कुनै उजुरी नरहेको भनेर संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बोलेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro