site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चाँगुनारायणका स्थानीय आन्दोलित

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकामा खहरेखोला, कुलो मासेर सडक निर्माण थालिएपछि स्थानीय आन्दोलित भएका छन् । चाँगुनारायण–२, असल छिमेकी टोलमा बस्ती विकासका नाममा खहरेखोला, कुलो मासेर हिमपाइप राखी सडक निर्माणको काम थालिएपछि स्थानीय आन्दोलित भएका हुन् ।

नक्सामा १२ देखि १५ फिट रहेको खहरेखोला, खोल्सा मासेर हिमपाइप राखिँदा बस्ती नै डुबानको चपेटामा परेको उनीहरूको गुनासो छन् । यसबारे जनप्रतिनिधिको ध्यानाकर्षण गराउदा समेत जबरजस्ती रातको समयमा काम गर्ने गरिएको उनीहरूले आरोप लगाएका छन् ।

Dabur Nepal
NIC Asia

उक्त कार्यको विरोध गर्दै स्थानीय मात्र नभएर जनप्रतिनिधि समेत आन्दोलित भएका छन् । चाँगुनारायण–२ का वडा सदस्य उमेश प्रधान र महिला सदस्य राधादेवी गैडाले आफूहरूको विरोधका बाबजुत वडाध्यक्ष सोमप्रसाद प्रधानको एकलौटी निर्णयबाट जबरजस्ती काम गरिएको आरोप लगाए ।

वडा सदस्यहरूले नियमविपरीतको कार्य नरोकिए अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा उजुरी हाल्ने चेतावनी समेत दिएका छन् ।

वडा सदस्यद्वय प्रधान र गेलालले हिमपाइप निकालेर दायाँबायाँ करिडोर निर्माण गरिनुपर्नेमा जोड दिए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro