site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank

काठमाडौं महानगरपालिकाको नगर सभाको बैठक आइतवार अकस्मात् स्थगित गरेर महानगर प्रमुख बालेन्द्र शाह (बालेन) सोमवार विदेश यात्रामा निस्केका छन् । बैठक महानगरको वार्षिक नीति तथा कार्यक्रम पारित गर्न बोलाइएको थियो ।

प्रमुख शाहको विदेश यात्रा पूर्व निर्धारित थियो । यसैले होला उनले नीति तथा कार्यक्रममा बोल्न सदस्यहरूलाई ५ मिनेटमात्र समय दिने घोषणा गरे । त्यसपछि सदस्यहरू ‘सरसल्लाह’का लागि बैठकबाट निस्कन थाले भने शाहले बैठक नै स्थगित गरिदिए ।

यसपछि प्रमुख शाहले सदस्यहरूलाई बैठकमा ‘पार्टीको धङधङी’ बोकेर नआउन भन्ने उर्दी सामाजिक सञ्जालबाट जारी गरे । प्रकाशित समाचारअनुसार नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपा ९एकीकृत समाजवादी०बाट निर्वाचित प्रतिनिधिहरू नीति कार्यक्रममा संशोधन राख्न बेग्लाबेग्लै छलफल गर्दै थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय तहका प्रमुखहरूको निर्वाचन प्रत्यक्ष बालिग मताधिकारका आधारमा हुन्छ । यस्तै उनीहरू स्थानीय कार्यपालिका र व्यवस्थापिका दुवैको प्रमुख हुन्छन् । यसैले कतिपय विशेषगरी लोकतान्त्रिक दीक्षा नपाएका प्रमुखहरूले स्थानीय तह आफ्नो तजबिजमा चल्नुपर्छ भन्ने ठान्दा रहेछन् ।

नेपालको संविधानले भने स्थानीय तह पनि अध्यक्षात्मक नभएर संसदीय नै हुने परिकल्पना गरेको देखिन्छ । यसैले कार्यपालिकाका अरू सदस्यहरू पनि बालिग मताधिकारका आधारमा प्रत्यक्ष निर्वाचित हुन्छन् र प्रत्येक पालिकामा निर्वाचित सभाको व्यवस्था पनि रहेको छ ।

Global Ime bank

नेपालको संविधान, २०७२ को धारा २२१ मा ‘स्थानीय तहको व्यवस्थापकीय अधिकार गाउँ सभा र नगर सभामा निहित रहने’ उल्लेख गरिएको छ । यसले स्थानीय तहमा पनि संविधानले शक्ति सन्तुलन र नियन्त्रणको व्यवस्था गरेको स्पष्ट हुन्छ । 

काठमाडौं महानगरपालिका प्रमुख शाहले जस्तै केही पालिका प्रमुखहरूले भने ‘आफैँलाई राज्य’ ठानेर निरङ्कुश शक्ति प्रयोगको अभ्यास गर्नेगरेका छन् । विशेषगरी ‘निर्दलीय’ जनप्रतिनिधिहरूमा यस प्रकारको अधिनायकवादी मानसिकता बढी देखिएको छ । यस्तो अधिनायकवादी सोच वर्तमान  संविधानविपरीत हो ।
 
स्वतन्त्र उमेदवार हुँदा पनि चुनाव जितेकाहरूलाई आफू लोकप्रिय भएकाले स्वतन्त्रतापूर्वक काम गर्न पाउनुपर्छ भन्ने लाग्नु अस्वाभाविक होइन । तर, जति नै असल नियत भए पनि पालिकाको सञ्चालनमा प्रमुख वा अरू पदाधिकारीले विधि, प्रक्रिया तथा अभ्यासको अनुसरण गर्नै पर्छ ।

काठमाडौं महानगरपालिका प्रमुखले दलबाट निर्वाचित प्रतिनिधिलाई ‘पार्टीको धङधङी’ बैठक नल्याउन भन्दै कटाक्ष गरेका छन् । ‘र्‍याप’मा ‘रोस्ट’ गरेजसरी कटाक्ष गर्नुको साटो प्रमुख शाहले दलका सदस्यहरूको बाध्यता र धारणा बुझ्ने प्रयास गर्नुपर्थ्यो ।

अहिलेसम्म काठमाडौं महानगरपालिकाको कार्यपालिका वा नगर सभामा दलगत आधारमा प्रमुखलाई असहयोग गर्ने प्रयास भएको देखिएको छैन । यसलाई प्रमुख शाहले राजनीतिक आस्था भएका कार्यपालिका तथा नगर सभाका सदस्यहरूको सद्भावका रूपमा  लिनुपर्छ ।    

लोकप्रियताले पद दिलाउन सक्छ तर कानुनभन्दा माथि राख्न सक्तैन । नेतृत्वका कारण  बदनाम भएको मौका छोपेर राजनीतिक दलहरू र तिनमा आस्था राख्ने जनप्रतिनिधिलाई होच्याउने प्रवृत्ति प्रमुख शाहकै लागि प्रत्युत्पादक हुनसक्छ । 

प्रमुख शाह विदेश भ्रमणमा जानु पर्ने भए पनि नगर सभाको बैठक रोक्नु जरुरी थिएन । महानगरपालिकामा प्रमुखजस्तै बालिग मताधिकारद्वारा निर्वाचित उपप्रमुख छन् । नगर सभामा पनि जननिर्वाचित सदस्यहरू नै छन् । उनीहरूलाई हेप्ने अधिकार प्रमुख शाहलाई छैन । साँच्चै नै कांग्रेस, एमाले भएर नगर सभाका बहुमत सदस्य प्रस्तुत भए भने शाहको अवस्था कस्तो होला रु  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement