site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एनजीओले समितिमा खाजा खुवाउनु गम्भीर र संवेदनशील : रमेश लेखक 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गैरसरकारी संस्था (एनजीओ)ले संसदीय समितिमा खाजा ‘स्पोन्सर’ गर्नु गम्भीर विषय भएको बताएका छन् । 

सोमबार संघीय संसद् सचिवालय सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बाहिरबाट रकम लिएर खाजा खुवाउने विषय गम्भीर र संवेदनशील भएको बताए । “एनजीओको विषय गम्भीर र संवेदनशील विषय हो । अरु समितिमा पनि बेलाबखतमा खाजाको व्यवस्था गर्ने गरेका थिए । संसद्ले बेहोर्न नसकेर एनजीओले ल्याएको वा मागेको हो कि, समितिको कामकारबाहीमा सहयोग गरिरहेका हुन्छन् त्यही सन्दर्भमा गरेको हो मलाई पर्याप्त जानकारी छैन,” उनले भने, “तर, संसद् वा सरकारले रकम नव्यहोरेको कारणले बाहिरबाट रकम ल्याएर काम चलाउने कुरा दुःखद हो ।” 

Argakhachi Cement Island Ad

आइतबार राज्यव्यवस्था तथा सुशासन समितिमा एनजीओले खाजा स्पोन्सर गरेपछि विरोध भएको थियो । सांसदहरूले विरोध गरेपछि समिति बैठक स्थगन गरिएको थियो ।


 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्