site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
६ किलो सुनसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता

काठमाडौं । ६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिकसित नेपाली नागरिकता रहेको पाइएको छ । गए राति (असार २) काठमाडौंको बौद्धबाट उनलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ३७ वर्षीय शेरब ग्याल्मो छन् । उनका साथबाट ६ किलो सुन र ४८ लाख नेपाली रुपैयाँ बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

उनी काठमाडौं महानगरपालिका–६, बौद्ध, तीनचुलीमा डेरा गरी बस्दै आएका थिए । उनको कोठामा खानतलासी गर्ने क्रममा सोनाम गुरुङको नाममा रहेको नेपाली नागरिकताको प्रमाणपत्र समेत बरामद गरिएको एसपी बोगटीले जानकारी दिए ।

उक्त नागरिकता जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट जारी गरिएको देखिएको सीआईबी स्रोतले जानकारी गराएको छ । उनले तत्कालीन लोमङथान गाविस वडा नम्बर–५ बाट नागरिकता लिएको देखिएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका ग्याल्मो ६० किलो सुन तस्करी प्रकरणमा सीआईबीको खोजी सूचीमा रहेका व्यक्ति हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro